Copy
Share
Tweet
Forward

INJA is dedicated to encouraging the high standard ethical journalism. INJA provides the latest tips, trends and information on training opportunities. Sign up here for our email notifications and future bulletins.

INJA Signup Form

ईन्जा एसिया गठन

 

फ्रेवअरी ०८, २०१९
 

अन्तराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) को एशिया च्याप्टर वरिष्ठ पत्रकार टंक पन्तको अध्यक्षतामा गठन भएको छ । ईन्जाको विधानले अन्तराष्ट्रिय समितिको उपाध्यक्षले क्षेत्रीय समितिको नेतृत्व गर्ने व्यवस्था गरेको छ । वरिष्ठ पत्रकार पन्त यस अघिनै अन्तराष्ट्रिय समितिमा एशिया क्षेत्रलाई प्रतिनिधित्व गर्दै उपाध्यक्ष हुनुहुन्थ्यो ।

नवगठित समितिको उपाध्यक्षमा नारायण न्यौपाने (नेपाल), आनन्द कोइराला (जापान), दीपक पुडासैनी (कतार) र मन्जु गुरुंग(कोरिया) रहनुभएको छ । समितिको महासचिवमा दीपेन्द्रदोङ तामाङ, सचिवमा दिपु पोख्रेल (खेमकुमारी) र कोषाध्यक्षमा रामकुमार कामत चयन हुनुभएको छ । समितिको सदस्यहरुमा दीपक समिर, विकास थपलिया, अर्जुन सापकोटा, अनिल आचार्य रहनुभएको छ । यो तदर्थ समिती हो ।

उपाध्यक्षहरुले आफू कार्यरत देश देशमा 'ईन्जाका साथी' (फ्रेन्डस अफ ईन्जा) गठन गर्ने बैधानिक ब्यबस्था भए अनुसार नेपाल, जापान, कोरिया र मध्यपूर्व (कतार) मा पनि 'ईन्जाका साथी' गठन हुने छन । यसप्रकार सम्वन्धित देशको कानून अनुसार गठन भएका ' ईन्जाका साथी ' का अध्यक्षहरु त्यस क्षेत्रको सम्वन्धित ईन्जाको छेत्रीय समितीको सदस्य हुने प्रावधान राखिएको छ। साथै अध्यक्षले छेत्रीय समितीमा पत्रकारका हक हितमा काम गर्दै आएका संघ सस्थाबाट तीन जना प्रतिनिधी मनोनित गर्न सक्ने प्रावधान समेत रहेको छ ।
 
महादेशीय वा देशीय ईन्जाहरुले ती देश वा आसपासमा गठन भएका फ्रेण्ड्स अफ ईन्जासँग समन्वय र सहकार्य गरी मर्यादित पत्रकारीताको बिकास तथा नेपाली भाषी पत्रकारहरुको हितमा काम गर्ने छन।
 

टंक पन्त- ईन्जा केन्द्रिय उपाध्यक्ष तथा एसिया  प्रतिनिधी 

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरु वीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकासमा  जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न स्थापित गैर-नाफामुलक, गैर-राजनितिक तथा गैर-सरकारी सामाजिक संस्था हो । 

धन्यवाद,

ईन्जा मुख्य कार्यालय
अमेरिका

Like INJA Networking
Like INJA in Facebook
Like INJA in Instagram
INJA's Website under Construction- main page is open for subscription






This email was sent to <<Email Address>>
why did I get this?    unsubscribe from this list    update subscription preferences
International Network for Nepali Journalists · 45742 Smoketree Ter · Sterling, VA 20166 · USA

Email Marketing Powered by Mailchimp